विश्व समाचार

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ ।

बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए।

सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११ः३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।

आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरिरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए । क्यापर्सले एबीसीको ह्युस्टन स्टेशन केटीआरकेसँग भन्नुभयो, “मेरो विचारमा, उनीहरू वास्तवमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूलाई जीवित राख्न प्रयास गरिरहेका थिए ।”

उहाँले भन्नुभयो, “सबै पीडितलाई खासगरी टाउकोलाई बढी लक्षित गरी घाँटीदेखि खुट्टासम्म गोली हानिएको थियो ।” “आक्रमणकारीले रक्सी पिइरहेका थिए र पीडित परिवारको अनुरोधपछि ‘म मेरो अगाडिको आँगनमा जे गर्न चाहन्छु त्यही गर्नसक्छु’ भनेको एक प्रत्यक्षदर्शीलाई उद्धृत गरी केटीआरकेसँग क्यापर्सले भन्नुभयो ।

क्यापर्सले पत्रकारहरूसँग भन्नुभयो, आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए ।” उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए । उहाँले ती बन्दुकधारी को हुन् भन्ने कुरा आफूलाई थाहा भएको र उनी मेक्सिकोका भएको दाबी गरेका छन् ।

स्थानीय अभियोजकको कार्यालयले पछि आफ्नो फेसबुक पेजमा आक्रमणकारी उक्त क्षेत्रबाट भागेकोे विश्वास गरिएको छ । पिडित परिवारका अन्य सदस्यहरूलाई आक्रमणकारी पक्राउ नपरेसम्म घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै रहन भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.