क्रिकेटखेल

पहिलो टी-२० खेल- जिम्बावे ‘ए’संग नेपाल पराजित

काठमाडौंमा जारी पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदाना सम्पन्न खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्दै विजयी भएको हो ।

टस हारेल पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । नेपालले उच्च स्कोर बनाउने क्रममा आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै ४७ रन प्रहार गरे आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

त्यसै गरी कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै रोहित पौडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।

१८२ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा आएको जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए ।

उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाए । रोए काए ९ रनमा अविजित रहे ।

नेपालका लागि बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिएका थिए । त्यस्तै बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एकएक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.