कला/मनोरन्जन

सन्दीप क्षेत्री अभिनित चलचित्र टोकियोमा प्रदर्शन हुँदै

चर्चित कलाकार सन्दीप क्षेत्रीको अभिनय रहेको चलचित्र सिग्नेचर यही मे १४ तारिकका दिन जापानको टोकियो सहर भित्र पर्ने सिनओकोबुमा रहेको सोलमारी मुरा हलमा परदर्शन हुँदैछ।

सभ्य सृजना प्रा. लि.को व्यानरमा प्रकाश सुवेदी र सागर उद्गमले बनाएको चलचित्रमा सागर उद्गमको लेखन निर्देशन रहेको छ। चलचित्रमा सन्दीप क्षेत्री सहित विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, प्रज्ञा जोशी, सरिता गिरी लगाएतका कलाकारको अभिनय रहेक‍ो छ।

कोही व्यक्तिको सत्य जीवनकथालाई चलचित्रको रूपमा उतारिएको सिग्नेचरमा अब्बल अभिनय सहित मनोरञ्जन र सन्देशको पयाकेज छ भन्ने कुरा हामीलाई चलचित्रका निर्माता प्रकाश सुवेदीले बताएका छन्।

सिग्नेचर मुभी थिङ्क पोजेटिभ ग्लोबल क्याम्पिएनको नारा दिएर नेपालका विभिन्न स्थानीय तह र मुख्य मुख्य सहरहरुमा प्रदर्शन गरिएको यो चलचित्र नेपालका हलमा भने अहिलेसम्म लगाइएको छैन।

सिग्नेचरको टोकियो प्रदर्शनमा एनआरएनए जापान, कास्की पोखरा समाज र आईटिभेन्चर सह-प्रायोजकका रूपमा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान  सहयोगि संस्थाको रूपमा रहेका छन् भने मिडिया पार्टनर नेपाल जापान डट कम र निष्पक्ष न्यूज रहेका छन छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.