स्थापितलाई २४ घण्टे प्रष्टिकरण
नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प्रयोग गरेको जानकारी आयोगलाई प्राप्त भएको सन्दर्भमा स्थापितलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो ।प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
यसै गरी उम्मेदवार स्थापितको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँको उम्मेदवारी खारेजीको माग गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने गैरसरकारी संस्थाहरूलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्