राजनीति

उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको चाहना

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका लागि भएको खर्च आफू स्वयंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

मुलुक आर्थिक संकटमा परेका बेला सामान्य रोगको उपचार पनि विदेशमा गराएर राष्ट्रको करोडौं रुपैयाँ खर्च गरेको भन्दै आलोचना भैरहेको थियो ।

मंगलबार राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ ।

“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो ।

उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको थियो ।

उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त राष्टरुपतिले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने घोषणा गर्न सुझाव दिनुभएको थियो ।

राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो । उहाँ उपचारपछि वैशाख १७ मा स्वदेश फर्किनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.