धर्म–संस्कृतिले सहिष्णुता र एकता बलियो बन्छ
उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न समुदायका धर्म, संस्कति र चाडले आपसी सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउँदै लगेको बताउनुभएको छ । मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिंदै उहाँले सो कुरा बतानुभएको हो ।
इदका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक रहेको उल्लेख गर्दै उहाँले विभिन्न समुदायका चाडवाड, रितिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै लगेको बताउनुभएको छ ।
उपराष्ट्रपति पुनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इदउल फित्रले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्