स्थानीयतह निर्वाचन

सरकारी कर्मचारीले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेपछि

हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ ।

हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो ।

उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा आवश्यक कारवाहीका लागि पठाइने छ । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने गरी हटाउने निर्णयसमेत भएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

साथै फेसबुकमा राजनीतिक दलको प्रचार गर्ने कर्मचारीसँग जवाफ मागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.