भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाइटन्सलाई पाँच रनले पराजित गर्दै दिल्लीले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।
![आईपीएलमा दिल्लीको तेस्रो जित आईपीएलमा दिल्लीको तेस्रो जित](https://www.nepaljapan.com/wp-content/uploads/2023/05/dc-e1683082734413.jpg)
भारतको नरेन्द्र मोदी स्टेडियम अमहदेबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । दिल्लीका लागि अमन हाकिम खानले ५१ रनको अर्धशतकीय पारी खेले भने अक्षर पटेलले २७ रन जोडे । त्यस्तै रिपल पटेल २३ रन बनाई आउट भए भने प्रियम गर्गले १० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
गुजरातका लागि मोहम्मस शामीले ४ विकेट लिए भने मोहित शर्माले २ विकेट लिँदा राशिद खानको भागमा १ विकेट रह्यो । १३१ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रनमात्र बनायो ।गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै अभिनभ मोनोहरले २६ रन बनाउँदा राहुल टेवाटियाले २० रन जोडे ।
जितसँगै दिल्ली नौ खेलमा तीन जित र छ हार सहित ६ अंक जोड्दै अङ्क तालिकाको पुछारमा छ भने समान खेलमा छ जित र तीन हार सहित १२ अङ्क जोडेको गुजरात शीर्ष स्थानमा कायम छ ।
प्रतिक्रिया राख्नुहोस्