कोशीप्रदेश

जनताको विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा बुधबार विराटनगरमा आयोजित ‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं अग्रज पत्रकार सम्मान–२०८०’ को उद्घाटन गर्दै उहाँले कलमदेखि बन्दुक डराउने र पत्रकारिताबाट शासक पनि डराउने तर्क गर्नुभयो ।

मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्कीले गाउँघरमै सिंहदरबारको अनुभूति भइरहेको अवस्थामा प्रदेश संरचना खारेज हुनुपर्ने विभिन्न कोणबाट उठिरहेको आवाज न्यायसम्मत नभएको बताउनुभयो । उहाँले कोशी प्रदेशमा पाँच वर्षमा नौ सय किमी बाटो निर्माण भएको, भवन, कल्भर्टजस्तै विद्यालय व्यवस्थापन एवं सुधारको क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले संविधान र कानुनसम्मत प्रदेशको नाम कोशी भएको चर्चा गर्दै प्रदेशको नाम परिवर्तन गर्न संविधान र कानुनकै बाटो पहिल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले कोशी प्रदेश नामकरणविरुद्ध भएको प्रदर्शनी शान्तिपूर्वक नभई हिंसात्मक भएको टिप्पणी गर्नुभयो । कोशी प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी वार्षिक बजेटको निम्ति तयार पारिने नीति तथा कार्यक्रम उचित सुझाव दिन मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।

विराटनगर महानगरपालिकाका कावा प्रमुख शिल्पा निराला कार्कीले पत्रकारले नगर क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिको कमीकमजोरीलाई औँल्याइदिन आग्रह गर्दै सत्य र तथ्यको आधारमा समाचार सम्प्रेषण भएमा पत्रकारिता क्षेत्रको गरिमा अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संयोजक लीलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, मोरङ शाखाकी उपाध्यक्ष तारा आचार्यले विश्व प्रेस स्वतन्त्रता दिवसबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा मोरङलाई कार्यक्षेत्र बनाउने ६० वर्ष उमेर पुगेका १२ जना अग्रज पत्रकारहरू मिथिला उपाध्याय, देवी पन्थी, दुर्गाप्रसाद भट्टराई, मोहन भण्डारी, शिवबहादुर कार्की, तेजेन्द्र भण्डारी, प्रभाषचन्द्र झा, रीतु पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, दिनेश श्रेष्ठ र दीपक दाहाललाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.