स्वास्थ्य

बाँकेमा थप चार र सल्यानमा दुई सङ्क्रमितको मृत्यु

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो ।

यसै गरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो । योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।

उता सल्यानमा कोरोना भाइसर संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए । फोकल पर्सन पुनका अनसार ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । दुवैजनाको सोमबार राति मृत्यु भएको पनले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.