क्रिकेटखेल

आईपीएलमा कोलकत्ताको चौथो जित, हैदराबाद पाँच रनले पराजित  

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाईट राईडर्सले चौथो जोत निकालेको छ । बिहीबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई पाँच रनले पराजित गर्दै कोलकत्ताले प्रतियोगितामा चौथो जित निकालेको हो ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । कोलकत्ताका लागि रिंकु सिंहले ४६ रन बनाए भने कप्तान नितिश राणाले ३१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोडे ।

यस्तै आन्द्रे रसेल २४ रन बनाई आउट भए भने जेसन रोयले २० रन जोडे । हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २-२ विकेट लिए भने भुवनेश्वर कुमार, कार्तिक त्यागी, एडेन माक्ररम र मंयक मारकण्डेको भागमा समान १-१ विकेट रह्यो ।

कोलकत्ताले दिएको १७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४१ रन बनाउँदा हेनरिक क्लेशनले ३६ रन बनाए । यस्तै अब्दुल समादले २१ रन जोड्दा राहुल त्रिपाटी र मंयक अग्रवालले समान १८-१८ रन बनाए ।

कोलकत्ताको लागि भैबभ अरोरा र शार्दुल ठाकुरले समान २-२ विकेट लिए भने  हर्षित राणा, अनुकुल रोय, वरुण चक्रवर्ती र आन्द्रे रसेलको भागमा समान १-१ विकेट रह्यो । जितसँगै कोलकत्ता दश खेलमा चार जित तथा छ हारका साथ कोलकत्ता ८ अंक जोड्दै तालिकाको आठौं स्थानमा कायमै छ भने नौ खेलमा तीन जित र छ हार सहित ६ अंक जोडेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा कायम रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.