प्रबास
परीक्षा सकेर भारतबाट नेपाल फर्कदै गरेका खड्का सातादेखि वेपत्ता
भारतको देहरादुन स्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययनरत एक नेपाली विद्यार्थी एक सातादेखि हराइरहेका छन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का परीक्षा सकेर नेपाल फर्कदै गर्दा वेपत्ता भएको उहाँका बुवा चिताराम खड्काले जानकारी दिनुभयो ।
गोपालको खोजी कार्यको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर हालसम्म पत्ता लागेको छैन ।
कहीं कतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरीलाई खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्