क्रिकेटखेल

आईपीएलमा चेन्नाईको छैटौं जित, मुम्बई ६ विकेटले पराजित   

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा चेन्नाई सुपर किंग्सले छैटौं जित निकालेको छ । शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

आईपीएलमा चेन्नाईको छैटौं जित

चेन्नाईको घरेलु मैदान एमए चितम्बरममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मुम्बईका लागि निहाल वाधिराले ६४ रनको अर्धशतकीय पारी खेले भने सुर्यकुमार यादवले २६ रन बनाए । त्यस्तै ट्रिस्टन स्टुब्सले २१ बलमा २० रन बनाउनु वाहेक मुम्बईका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चेन्नाईका लागि मथिशा पथिरानाले ३ विकेट लिए भने दीपक चहर र तुसारदेश पान्डेको भागमा समान २-२ विकेट रह्यो । मुम्बईले दिएको १४० रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नाईले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नाईको लागि ओपनर डेभोन कन्वेले ४५ रन बनाए भने अर्का ओपनर ऋतुराज गायकवाडले ३० रन जोडे । यस्तै शिभम दुवेले १८ बलमा ३ छक्काको सहयोगमा २६ रनमा अविजित रहे भने अजिक्या रहाणेले २० रन बनाए ।

मुम्बईका लागि पीयुष चावलाले २ विकेट लीए भने आकाश मधवाल र ट्रिस्टन स्टुब्सको भागमा समान १-१ विकेट रह्यो । जितसँगै ११ खेलमा ६ जित र ४ हारका साथ १३ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने १० खेलमा ५ जित तथा ५ हार सहित १० अंक जोडेको मुम्बई छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.