विश्व समाचार

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गर्नुभएको छ । उहाँलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिनुभएको हो ।

चार्ल्स तृतीय

राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुनुहुन्छ । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिनुभएको थियो ।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो । सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहि¥याइदिनुभएको थियो ।

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो । वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिनुभएको थियो ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाचन गर्नुभएको थियो । उहाँ हिन्दू हुनुहुन्छ ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उहाँहरूको स्वागत गरेको थियो । सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि विहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उहाँहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जानुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.