कला/मनोरन्जनकलिउड

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ ।

ठाडो भाका

ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवद्र्धनमा सिरानचोक –३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५-१५ हजार पुरस्कार प्रदान गरिएको उहाँको भनाइ छ ।

त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् । उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०-१० हजार पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।

खानेपानी आयोजना निर्माण सम्पन्न
जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा छ खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । जिल्लामा विनियोजित योजनामध्ये चालु आर्थिक वर्षमा मात्र छवटा योजना सम्पन्न भइसकेका र १८ योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका–२, स्थित थालाजुङ आरुबोट कोप्चे खानेपानी आयोजना, धार्चे गाउँपालिका–३ मा रहेको उतिसखोला खानेपानी आयोजना, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा रहेको आरुबोट कोप्चे खानेपानी आयोजना यस वर्ष निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै पालुङटार नगरपालिका–३ स्थित पाच्यान जुगेखोला खानेपानी योजना, चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँ खानेपानी आयोजना र गोरखा नगरपालिका –१, मा रहेको बाह्रबिसे ताप्ले खानेपानी आयोजना पनि चालु आवमा निर्माण सम्पन्न भएको प्रमुख पौडेलले बताउनुभयो । त्यस्तैबाहेक १८ वटा खानेपानी आयोजना चालु आवभित्रै निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको उहाँको भनाइ छ ।

“९५ प्रतिशत निर्माण सम्पन्न भएका पनि थप १४ वटा आयोजना छन्, उहाँले भन्नुभयो”, ९० प्रतिसत निर्माण सम्पन्न भइसकेका योजनाहरु चालु आर्थिक बर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुन्छ, । प्रमुख पौडेलले जिल्लाभर निर्माणको प्रक्रियामा रहेकामध्ये थप चार आयोजनाको पनि ९० प्रतिसत भन्दाबढी काम भइसकेको बताउनुभयो ।

उहाँले जिल्लाको आरुघाट, बारपाक सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिकाभित्र दुई-दुई वटा, पालुङटार नगरपालिकामा तीन वटा, भीमसेन थापा, अजिरकोट र गोरखा नगरपालिकाभित्रका एक÷एक वटा आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाभित्रका दुई तथा अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाभित्र एक÷एक आयोजनाको काम ९० प्रतिशत भइसकेको प्रमुख पौडेलले बताउनुभयो । जिल्लामा रहेको योजनामध्ये गण्डकी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसरसफाइ डिभिजन कार्यालयको तर्फबाट मात्र दुईसय ३५ वटा योजनाहरु रहेका छन् ।त्यस्तै सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रम तथा योजनको जलवायु अनुकूलित बृहत् खानेपानी योजनाअन्तर्गतका कार्यक्रम पनि जिल्लामा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.