राजनीति

ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै

दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट बर्खास्त हुनुभएका ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि कायम रहेको छ ।

सांसदबाट पदमुक्त गरिएपछि श्रष्ठले दिनुभएको मुद्दाको सुननुवाई गर्दै सोमबार सर्वोच्च अदालतले श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेसंगै उहाँको पद कायम रहेको हो ।

सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अल्पकालीन अन्तरिम आदेश जारी भएको र अन्तरिम आदेशका लागि न्यायाधीश श्रेष्ठले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ ।

न्यायाधीश श्रेष्ठले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गर्नुभएको छ । यसै गरी, सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.