एमाले नेपाली जनताको सुख दुःखको साथी
नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सो आग्रह गर्नुभएको हो । उहाँले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताउनुभयो ।
उहाँले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गर्नुभयो ।
पूर्वमन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गर्नुभयो । त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उहाँले गर्नुभयो ।
उहाँले आफ्नो गाउँठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहनसक्ने उम्मेदवार छान्न आग्रह गर्दै भन्नुभयो, “स्थानीय तह भनेका तपाईँहरुका घरआँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला । ”
नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सो आग्रह गर्नुभएको हो ।
उहाँले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताउनुभयो ।
उहाँले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गर्नुभयो ।
पूर्वमन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गर्नुभयो । त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उहाँले गर्नुभयो ।
उहाँले आफ्नो गाउँठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहनसक्ने उम्मेदवार छान्न आग्रह गर्दै भन्नुभयो, “स्थानीय तह भनेका तपाईँहरुका घरआँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला । ”
प्रतिक्रिया राख्नुहोस्