जन सरोकार

प्रहरीका बीस एसएसपीलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीका २० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयबाट जनपद तथा प्राविधिकतर्फ बढुवा हुनुभएका २१ एसएसपीमध्ये २० एसएसपीलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशम्शेर जबरा, वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहनुभएको छ ।

यस्तै, प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आषिश दत्त रहनुभएको छ । सोही निर्णयबाट पदोन्नति हुनुभएकी एसएसपी गङ्गा पन्त हाल संयुक्त राष्ट्र सङ्घीय मिसनमा कार्यरत हुनुहुन्छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी सङ्गठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुन आग्रह गर्नुभयो ।

उहाँले सङ्गठनप्रति बफादार, इमानदार र निष्ठावान् बन्दै सङ्गठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसात् गरी भावनात्मक रूपमा एकबद्धता भएर अगाडि बढ्न निर्देशन दिनुभयो । सङ्गठन बनाउने हकमा आन्तरिक शुद्धिकरणका साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सरकारको प्राथमिकतालाई ध्यान दिँदै अझै सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । पदोन्नति भएका अधिकृतका तर्फबाट एसएसपी विश्व अधिकारीले प्राप्त अवसर, ऊर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पादन गर्दै सङ्गठनको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.