खेलफूटबल

सङ्कटा विजयी हुँदा थ्री स्टार र एनआरटीले बराबरी खेले

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औँ मिनेटमा पहिलो गोल गरे । यस्तै खेलको २६औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटालाई जित दिलाए ।

यस जितसँगै १६ खेलमा २० अङ्क जोडेको सङ्कटा अङ्कतालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको सातदोबाटो २३ अङ्कका साथ अङ्कतालिकाको  पाँचौँ स्थानमा छ ।

यसैगरी दशरथ रङ्गशालामा मंगलबारै भएको अर्को खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । यस खेलसँगै  थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारको १६ खेलमा २५ अङ्क छ । यस्तै एनआरटी १६ खेलमा १८ अङ्क जोड्दै १२ औँ स्थानमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.