स्थानीयतह निर्वाचन

गोरखापत्रलाई आयोगको स्पष्टिकरण

निर्वाचन आयोगले गोरखापत्र दैनिकमा प्रकाशित केही समाचारहरुले कुनै व्यक्ति र दल विशेषको प्रचार गरेको नठहरिने कारणसहित स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

आयोगले गोरखापत्रका प्रधानसम्पादकलाई मिति २०७९ वैशाख २२ गते गोरखापत्र दैनिकको पृष्ठ १ र २ मा प्रकाशित ‘गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह’ शीर्षकको समाचारले कुनै राजनीतिक दल वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न खोजेको हो, होइन ? भन्दै तीन दिनभित्र स्पष्ट पार्न भनेको छ ।

यसैगरी गोरखापत्र दैनिकमै वैशाख २५ गते ‘स्थानीय तह निर्वाचन–२०७९ विशेष स्तम्भमा प्रकाशित ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकअन्तर्गत भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै गोरखापत्रका प्रधानसम्पादकलाई पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र सो विषयमा जवाफ पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणअन्तर्गतको खण्ड ९ख० मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने र सोही आचारसंहिताको दफा ६ मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क)मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.