जन सरोकार

थप कडाईका साथ काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा सहभागी हुन नपाइने

काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको छ । अघिल्लो साता वैशाख २९ गतेसम्म एक हप्ता थप गरिएको निषेधाज्ञा उपत्यकामा कोरोना संक्रमण अरु तीब्र हुँदै गएपछि १५ दिन थप गरिएको हो ।

मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघिको भन्दा अरु कडाईका साथ निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा सहभागी हुन पाइने छैन ।

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.