स्थानीयतह निर्वाचन

मौन अवधिमा एमाले र कांग्रेसबीच झडप, ६ जना घाइते

वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचन तालिका अनुसार उम्मेदवार तथा दलहरुको मौन अवधि सुरु भएकै बेला सुर्खेतमा भने नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

समाचार अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच मंगलबार राति झड्प हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् ।

झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएको र उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.