कोशीप्रदेश

सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गर्नुभएको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा बुधबार मोरङमा आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री कार्की

सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गर्नुभयो । उहाँले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”

सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरण कानुनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नुपर्नेमा जोड दिनुभयो । प्रष्ठिानका अध्यक्ष इन्दिरा रिजाल, कविराज न्यौपाने, विवश पोखरेललगायतले धार्मिक र साहित्य क्षेत्रका विविध पक्षमा चर्चा गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म संस्कृति पुरस्कारबाट आबाल ब्रह्मचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद रु एक लाख एक हजार एक सय ११ र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । त्यसैगरी उहाँले नगेन्द्र–आशा साहित्य पुरस्कारबाट साहित्यकार दधिराज सवेदीलाई नगद रु एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.