इङल्याण्डमा आयोजना हुने युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने भएका छन् । यही वैशाख ३१ गते हुने उक्त प्रतियोगितामा कमलले विभिन्न तीन प्रतिस्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उनले १८ वर्षमाथि उमेर समूहमा चाइनिज क्रिएटिभ, वेपन्स फर्म र बेयर ह्यान्ड स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
कमल इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत विजेता हुन् । सहभागी हुने एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली भोलि इङल्यान्ड प्रस्थान गर्दैछन् । कमलसँगै टिम व्यवस्थापकको भूमिकामा नेपाल उमा कुङफु सङ्घ कोशी प्रदेशका सदस्य सुरेन राई पनि इङल्यान्ड जानुहुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिँदै सङ्घका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सञ्जित राई, उपाध्यक्ष मुन्नी सुवेदी, तार्केश्वरका अध्यक्ष शिव कुँवर, उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्