जन सरोकार
१३ वर्षीया बालिका बलात्कार गर्ने ५९ वर्षीया शाही पक्राउ
भक्तपुरमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एकजनालाई पक्राउ गरिएको छ । प्रहरीले बालिका बलात्कार गरेको उजुरीका आधारमा ५९ वर्षीष वृद्ध पक्राउ परेका हुन् ।
समाचार अनुसार भक्तपुर नगरपालिका ८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका ७ गोलमढीघर भएका ५९ वर्षीय रत्नप्रसाद शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्