जन सरोकार

रुपैडिहामा नेपाली र भारतीय नक्कली नोट छाप्ने कारखाना

बाँकेको नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने गिरोहलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो।

रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिनुभएको जानकारी अनुसार रुपैडिहानजिकै नक्कली रुपियाँ छाप्ने र बिक्री वितरण गर्ने सूचनाका आधारमा बहराइच एटिएस र रुपैडिहा प्रहरीले संयुक्त रूपमा कारबाही गर्दा लखिमपुर जिल्लाका पाँच जनालाई पक्राउ गरिएको हो।

उहाँले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलासी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र पाँच हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, ल्यापटप, प्रिन्टर र कैँची बरामद गरिएको बताउनुभयो।

पक्राउ परेकामा लखिमपुर जिल्लाको ईशानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलिम, वीरसिंहपुर निवासी अलिम र रायपुर गाउँ निवासी कुलदीप अवस्थी रहेको भारतीय प्रहरीले जनाएको छ।

बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी प्रशान्त वर्माले पक्राउ परेका सबैलाई नक्कली नोट र अन्य अपराधसम्बन्धी विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर बहराइच कारागारमा पठाइएको बताउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.