अर्थ
भेडाको उनबाट जुत्ता बनाएर उद्यमी बन्दै महिला (भिडियोसहित)
महिलालाई उद्यमी बनाउने लक्ष्यसहित ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा भेडाको उनबाट इन्डोर जुत्ता बनाउने तालिममा महिलाहरुको राम्रो सहभागिता रहेको छ ।
नगरपालिकाको आर्थिक सहयोग घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको सहजीकरणमा फुङ्लिङ नगरपालिका—५ बुद्ध चोक क्षेत्रमा उनबाट इण्डोर जुत्ता बनाउने तालिम दिइरहेका हो ।
घरभित्र बस्दा जुत्तीको प्रयोग हुने सो जुत्ता प्रतिजोर ५०० रुपैयाँ खरिद बिक्री हुदै आएको छ । ग्रामीण क्षेत्रमाा आफ्नै वरिपरी उपलब्ध हुने कच्चा पदार्थबाट उत्पादन गर्ने नीति सबै पालिकाहरुले लिने हो भने महिला सशक्तिकरणका साथै मुलुकको आर्थिक विकासमा ठूलोा टेवा पुग्नेछ ।
प्रतिक्रिया राख्नुहोस्