जन सरोकार

अग्र्यानिक भन्दै नक्कली मह विक्री गर्ने भारतीय गिरोह पक्राउ

घर भाडा लिएर नक्कली मह उत्पादन गरी घर–घरमा अर्गानिक मह भन्दै विक्री गर्दै हिड्ने सातजना भारतीय नागरिकलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ ।

उनीहरुले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा नक्कली मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारत, विहारको विरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका छन् ।

प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा सो गिरोहलाई फेला पारेको हो । उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्यपदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ ।

खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जनानगरबाट विभिन्न व्यक्तिको घरबाट अखाद्यपदार्थ मिसावट गरेको मह बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.