राजनीति
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै उहाँले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भन्नुभयो । “नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उहाँले भन्नुभयो, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।”
खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरु निरन्तर हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्