बिचार

लयमा फर्कदै जापान

 -दीपक गौतम
चीनको बुहानमा कोरोना संक्रमण फैलन थाले पछि जापानले बुहानमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गर्ने निर्णय गर्र्यो । बुहानबाट उद्दार गरेर ल्याइएका खानागावा प्रान्तमा बस्ने ३० बर्षीय युवा (जो चिनिया नागरिक हुन्) मा जनवरी १६ तारिख कोरोनाको संक्रमण पुष्टी भए संगै जापानमा कोरोना भाइरसको प्रवेश भएको मानिन्छ। जापानमा व्यापार व्यवसाय देखि रोजगार र शिक्षाको क्षेत्रमा पनि विदेशीहरु धेरै छन्। आफ्ना नागरिक उद्दार गर्दा नया वर्ष मनाउन स्वदेश फर्केका चिनिया नागरिकलाई पनि जापान फिर्ता ल्याएको थियो ।

ओलम्पिक के हुन्छ भन्ने सबैलाई चासो थियो,

प्रधानमन्त्री सिन्जो आबे भन्थे ‘ओलम्पिक सुरक्षित ढंगले संचालन गर्ने बाहेक अरु केहि सोचिएको छैन ।’

जनवरी १६ गते १ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि जनवरी ३० थप ६ जना संक्रमित थपिए । त्यसपछि फेब्रुअरी १३ मा ४ जना नयाँ संक्रमित फेला परे । फेब्रुअरी १३ देखि संक्रमणको दर तीब्र भएपछी सरकारलाई आपतकाल वा लक डाउनमा जान नागरिकस्तर बाटै दबाब बढ्न थाल्यो । मार्च महिनामा प्रत्येक दिन नया संक्रमित फेला परिरहेको सन्दर्भमा पनि सरकार लक् डाउन या आपतकाल घोषणा गर्ने सुरसारमा थिएन तर मार्च अन्तिम तिरबाट संक्रमितहरुको ग्राफ उकालो लाग्न थाले पछि सरकार जनतालाई राहत दिने देखि आपतकाल लगाउने सम्मको छलफलमा ब्यस्त हुन थाल्यो । यतिबेला सम्म जापानको राजधानी टोकियो कोरोनाको चर्को आक्रमणमा परिसकेको थियो । होटेल, रेस्टुरेन्ट देखि सम्पूर्ण पर्यटकीय क्षेत्रहरु बन्द भैसकेका थिए । टोकियो महानगरकि गभर्नर कोइके हरेक दिन पत्रकार सम्मेलन गर्थिन र भन्थिन ‘अनाबश्यक घर बाहिर निस्कने, भिडभाड हुने ठाउमा जाने काम नगर्नुहोस ।’
कोरोनको संक्रमण फैलदै जादा जुलाई महिनामा हुन ओलम्पिक के हुन्छ भन्ने सबैलाई चासो थियो, यसैबीच प्रधानमन्त्री सिन्जो आबे भन्थे ‘ओलम्पिक सुरक्षित ढंगले संचालन गर्ने बाहेक अरु केहि सोचिएको छैन ।’ भनेको जापान जसरि पनि ओलम्पिक गर्ने सोचमा थियो तर केहि युरोपियन देशहरुले यस्तै अबस्थामा ओलम्पिक आयोजना गरिएको खण्ड आफ़हरु सहभागिता नजनाउने चेतावनी दिए । अन्तत: अर्को वर्ष जुलाईमा टोकियो ओलम्पिक आयोजना गर्ने कुरामा राजि भयो ।
ओलम्पिक स्थगितको औपचारिक घोषणा पछि प्रधानमन्त्री सिन्जो आबे आपतकाल घोषणा गर्ने दिशा तर्फ अगाडी बढेका हुन् । जापानले आपतकाल घोषणा गर्दा अप्रिल १६ गते देशभर ५७५ नया संक्रमित थपिएका थिए । अहिले सम्मको तथ्यांक हेर्ने हो भने जापानमा एकै दिन सबै भन्दा धेरै संक्रमित भेटिएको अप्रिल ११ गते हो, जुन दिन देश भर ७२० जना संक्रमित थपिएका थिए । अवस्था यति भयाबह जस्तो लाग्थ्यो कि, सामान्य रुघा खोकी लागे पनि हस्पिटलले उपचार गर्न मान्दैनथे ।

मिप्पेइ कुउखान: हावाको आवत जावत राम्रो संग नहुने बन्द कोठा (यस्ता कोठाहरुमा गरिने भेटघाट जमघट नगर्ने),

मिस्युउ बास्यो: भिडभाड बडि हुने ठाउ (भिडबाड बाट कोरोनाको संक्रमण छिटो सर्ने भएको ले यस्तो ठाउमा नजाने),

मिस्सेचु बामेन : मिस्सेचु भनेको एकदम नजिक भन्ने अर्थ हो (शारीरिक रुपमा एकदम नजिक भएर गरिने कुराकानी र भलाकुसारीहरु नगर्ने) ।

संक्रमण रोक्न मानिसको भिडभाड कम गर्न देशभर बिद्यालयहरु बन्द गर्न भनियो, मानिसलाई दुरी कायम गर्न अनुरोध गरियो, कम्पनीहरुलाई कामदार घटाउन र सके सम्म घरबाटै काम गर्ने बातावरण मिलाउन भनियो । आपतकाल घोषणा गरिए पनि सार्बजनिक यातायातका साधनहरु चलिनैरहेका थिए । यसबीच प्रधानमत्री सिन्जो आबेले बिहिबार पत्रकार सम्मेलन गरेर ३९ प्रिफेक्चरमा जारि गरिएको आपतकाल हटेको घोषणा गरे । विश्वका धेरै देशहरु कोरोनाको संक्रमण फैलन नदिन लक् डाउन या नाकाबन्दीमा गैरहेका बेला जापानको दैनिकी नर्मल थियो, तर नागरिक आक्रान्त । मास्क, ट्वाइलेट पेपरको पूर्ण अभाब सुरु भैसकेको थियो भने सुपर मार्केटमा दैनिक उपभोग्य सामान पाइन छोडिसकेका थिए । त्यसो भए ३९ प्रिफेक्चरको आपतकाल हटाइनु र बाँकी ८ प्रिफेक्चरको आपतकाल बारे २१ तारिख निर्णय गर्ने प्रधानमन्त्री सिन्जो आबेको भनाइले जापानमा कोरोनाको प्रकोप नियन्त्रण आएको संकेत गर्छ ?
संक्रमण भय उत्तिकै
बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सिन्जो आबेले प्रस्ट भनेका छन् कि ‘संक्रमितको संख्या घटेको मात्रै हो, लापरबाही गरे जसलाई पनि सर्न सक्छ ख्याल गर्नुहोस ।’ यसको अर्थ जापान लयमा फर्किने पर्यत्न गरिरहेको छ तर संक्रमणको भय उत्तिकै छ । कतिपयले आपतकाल हटाउन हतार गरेको टिप्पणी गरेका छन् भने कतिपयले आपतकालको खास अर्थ नरहेको टिप्पणी गरेका छन् । तर जापानले अबलम्बन गरेको ‘मिच्चु मि’ अर्थात ‘३ ओटा मि’ कोरोना नियन्त्रणका लागि केहि हदसम्म प्रभाबकारी देखिएको छ ।
मिप्पेइ कुउखान: हावाको आवत जावत राम्रो संग नहुने बन्द कोठा (यस्ता कोठाहरुमा गरिने भेटघाट जमघट नगर्ने), मिस्युउ बास्यो: भिडभाड बडि हुने ठाउ (भिडबाडबाट कोरोनाको संक्रमण छिटो सर्ने भएकोले यस्तो ठाउमा नजाने), मिस्सेचु बामेन : मिस्सेचु भनेको एकदम नजिक भन्ने अर्थ हो (शारीरिक रुपमा एकदम नजिक भएर गरिने कुराकानी र भलाकुसारीहरु नगर्ने) । लकडाउन या आपतकाल भन्दा पनि कोरोनाको संक्रमणबाट जोगिन जापानले जस्तै माथिका ३ बिधि अपनाउन सके मात्रै पनि कोरोना संक्रमणको जोखिम घट्न सक्छ भन्ने प्रस्ट भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.