जन सरोकार

वरिष्ठ पत्रकार रिसालको अनुभव- प्रकृतिलाई सम्मान नगर्दा महामारी

वरिष्ठ पत्रकार भैरव रिसालले प्रकृतिलाई सम्मान नगरी मान्छेले जित्न खोजेका कारण कोरोनाजस्ता महामारी देखिएको टिप्पणी गर्नुभएको छ । साहित्यसन्ध्याको नियमित मासिक ४१६ औँ शृङ्खलाका क्रममा शनिबार आयोजित भर्चुअल कार्यक्रममा रिसालले प्रकृतिलाई अनावश्यक हस्तक्षेप र दोहन होइन आत्मसात गर्नुपर्ने बताउनुभएको हो ।

‘‘अहिले संसार विपत्तिमा छ, झन्झटमा छ । विपन्न राष्ट्र र व्यक्ति मात्र होइन सम्पन्न राष्ट्र र व्यक्ति पनि विपत्तिमा छन् । यस्तो अवस्थामा साहित्यका माध्यमबाट कसरी समाधान, न्यूनीकरण गर्नसकिन्छ रु कसरी सन्त्रस्त मानवलाई ढाडस प्रदान गर्नसकिन्छ भन्ने विषयमा साहित्यकारले चिन्तन र सिर्जना गर्नुपर्छ ।’’

राससका पूर्व प्रमुख समाचारदाता रिसालले भन्नुभयो, ‘‘हाम्रा निरक्षर पुर्खाले कला, संस्कृति, संस्कार, सभ्यता, इतिहास निर्माण गरेका छन् अहिले हामी बौद्धिक वर्गले तिनको जगेर्ना गर्नु, अस्तित्व रक्षा गर्नु आवश्यक छ ।’’

गोष्ठीमा प्राज्ञ प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.कृष्णप्रसाद घिमिरे, बूँद राना, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), डा.खेमनाथ दाहाल, बालकृष्ण लामिछाने, राममणि ढुङ्गेल, डा.भीम खतिवडा, डा.राजेन्द्रप्रसाद अधिकारी, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी, श्याम सापकोटा, चरित्रा शाह, गायत्री लम्साल, प्रमोद स्नेही, महेशराज खरेल, रश्मि रिमाल, भरतबहादुर रानाभाट, देवु लुइटेल, रमेश गौतम ‘पाल्पाली’, उर्मिला पन्त पाण्डेय, प्रकाश सिलवाल, ललिता दोषी, गोपाल नेपाल, ईश्वरी रिजाल, रामकुमार पण्डित, हरि तिमिल्सिना, पुण्यप्रसाद खरेल, लक्ष्मी माली, स्नेह सायमि, परशुराम पराशरले रचना वाचनु गर्नुभयो ।

यस्तै प्रभात सुवेदी, जीवनहरि शर्मा, दर्शिला निरौला सुनसरी, बेनीबहादुर थापा, राजेन्द्र सर्वहारा, गोपाल बराल, मीना बराल, गायत्रीकुमार चापागाईँ, श्रीभद्र सुवेदी, गङ्गा कर्माचार्य पौडेल, गोविन्द घिमिरे वेदमणि, इलाम, विधान आचार्य, पुष्कर रिजाल, धरान, प्रशान्त खरेल र जयन्ती स्पन्दनले रचना वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै प्राज्ञ नन्दु उप्रेतीले कोरोनात्रासदी र राष्ट्रप्रेम तथा सामाजिक विसङ्गतिका विषयका रचना प्रस्तुत भएको बताउनुभयो । सन्ध्याका अध्यक्ष राम विनयले ‘विगतदेखि कोरोना महामारीसम्मका महामारी र साहित्यको भूमिका’ विषयमा छलफलसहित रचना प्रस्तुत गरिएको जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.