स्थानीयतह निर्वाचन
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।
जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्