स्थानीयतह निर्वाचन
काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतगणना भएदेखि कायम राखेको अग्रतालाई अरु फराकिलो बनाउनुभएको छ भने उपमेयरमा एमालेकी सुनिता डंगोल निकै अघि बढनुभएको छ ।
आइतबार विहान सम्म गणना भएको ४ हजार ६ सय ४६ मतमा बालेन्द्रले १ हजार ७०६ मत पाउनभएको छ भने एमालेका केशव स्थापितले १०३२ मत पाउनुभएको छ । त्यसै गरी कांग्रेसकी सिर्जना सिंहले ८६४ र राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याउनुभएको छ ।
उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८ सय ५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गर्नुभएको छ । डंगोलले निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६ सय ४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।
राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ वडाको मत गणना भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्