स्थानीयतह निर्वाचन

गोकर्णेश्वर १, २ र ३ मा एमाले विजयी, नगरप्रमुख र उपप्रमुखमा पनि अग्रता

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नंं १, २ र ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यी तीन वडामा नगर प्रमुख र उपप्रमुखमा पनि एमालेकै अग्रता रहेको छ ।

आइतबार साँझ सम्पन्न वडा नं. १ को मतगणनामा अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी हुनुभयो । उहाँले निवर्तमान वडा अध्यक्ष तथा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम मानन्धर पराजित हुनुभएको हो ।

त्यसै गरी वडा नम्बर २ मा एमालेका वडा अध्यक्षका उम्मेदवार मधु तामाङ सहित प्यानल विजयी भएको छ । वडा अध्यक्षमा विजयी मधु तामाङले १२०७ मत प्राप्त गर्नुभयोा भने निकटवर्ती कांग्रेसका सुदीप पण्डित क्षेत्रीले ८२७ मत प्राप्त गर्नुभएको थियो ।

२ नं. वडामा अध्यक्षका उम्मेदवारसहित वडा सदस्यहरुमा कृष्णहरि श्रेष्ठ सुनिलकुमार गिरि, माया तामाङ र सरस्वती सुनार विजयी हुनुभएको छ ।

यसै गरी नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलसहितको टीमले विजय हाँसिल गरेको छ भखरै सकिएको मत गणनाको नतिजा अनुसार वडा सदस्यहरुमा लक्ष्मी भण्डारी, चित्रमाया विक, बुद्धि बहादुर श्रेष्ठ र सचिन लामा विजयी हुनुभयो ।

एमालेले विजय प्राप्त गरेको यी तीनवटै वडाबाट नगरप्रमुख र उपप्रमुखमा पनि एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । गोकर्णेश्वरमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दीपक रिसाल र उपप्रमुखमा शान्ति नेपाल तथा नेकपा एमालेबाट उद्धब विष्ट र सान्नानी लामाका उम्मेदवारी परेको छ ।

त्यसै गरी संयुक्त गठबन्धनबाट नगर प्रमुख पदमा गोपाल प्रसाद बराल र उपप्रमुख पदका पेमा छिरी शेर्पाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.