स्थानीयतह निर्वाचन

भरतपुरमा भयो सहमति, पुनः मगणनाको तयारी

छाप नभएको र छाप चिन्हभन्दा बढी भागमा परेको मतपत्रलाई मान्यता दिने कि नदिने भन्ने विवादका कारण राकिएको भरतपुर महानगरपालिकाको मतगणना सुचारू गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले दिएको जानकारी अनुसार स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको हो ।

भरतपुर १ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.