कला/मनोरन्जन

“सिग्नेचर” चलचित्र टोकियोमा प्रदर्शन 

सभ्य सिर्जना प्रा. लि. को व्यानरमा निमार्ण भएको चलचित्र यहि १४ मे २०२३, सिग्नेचर जापानको टोकियोभित्र पर्ने शिनओकोवुमा रहेक‍ो सोलमारी मुरा हलमा प्रदर्शन गरिएको छ  । न्यू आईटिभेन्चर, एनआरएनए जापान र कास्की पोखरा समाज जापान सह आयोजक रहेको सो कार्यक्रममा मिडिया पाट्नरको रूपमा नेपाल जापान डट कम, निस्पक्ष न्यूज र जापान समाचार डट कम रहेका थिए भने सहयोगि संस्थाको रूपमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर रहेको थियो। कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोहन घले ,कास्की पोखरा जापानका अध्यक्ष सन्देश अधिकारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, जनसम्पर्क समिति, जापानका कोषाधयक्ष बाबूराम सापकोटा सहित विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

 नेपाली युवा पिँढीमा देखिने नकरात्मक आचरण र आचरण अनुसारको क्रियाकलापले निम्त्याउने दुर्दशायुक्त परिणामलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको चलचित्र सिग्नेचर साँच्चिकै समाज परिवर्तनको आधार बन्न सक्छ भन्ने सहभागिहरुको प्रतिक्रिया रहेको थियो।

निर्माता सुवेदीको सहभागितामा चलचित्रलाई जापानभरि प्रर्दशन गर्ने सिलसिलामा यस भन्दा अगाडि यामागुची केन र ओसाकामा प्रदर्शन गरिएको थियो।  चलचित्र ओस्कार इन्टरनेशनल कलेज, स्कुल फाउण्डेशन र सभ्य सृजना प्रालिका अध्यक्ष समेत रहनुभएका लेखक तथा निर्देशक सागर उद्गमको परिकल्पना, लेखन निर्देशनमा तयार भएको हो।

 चलचित्रमा चर्चित कलाकारहरु सन्दीप क्षेत्री, विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, प्रज्ञा जोशी, सरिता गिरी, जे. बि. डिसी, सुमिना घिमिरे, अमृता थपलिया लगायतका कलाकारहरुले जीवन्त अभिनय गरेका छन।

स्वास्थ्य मन्त्रालय अन्तर्गत एनसिएएस्सी अवार्ड अफ एक्सलेन्स प्राप्त  चलचित्रलाई नेपाल सरकारका विभिन्न आठ ओटा मन्त्रालय सहित नेपाल रेडक्रस सोसाइटी, युएनएआडी लगायत संघसंस्थाले  नैतिक समथर्न गरेको कुरा हामीलाई चलचित्रका निर्माता प्रकाश सुवेदीले बताए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.