भक्तपुर नगरपालिकाका सबै पदमा नेमकिपा
काठमाडौं उपत्यकाको सानो र ऐतिहाकिस नगर भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
भक्तपुरको नगरप्रमुखमा निवर्तमान प्रमुख रहनुभएका सुनील प्रजापति विपक्षीलाई झण्डै २६ हजार मत अन्तरले पराजित गर्दै दोस्रोपटक निर्वाचित हुनुभएको छ ।
प्रजापतिले २९ हजार २०० मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले जम्मा ३ हजार ३५२ मत पापाउनुभयो ।
भक्तपुरमा नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेका थिए ।
त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले ११३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाउनुभएको छ ।
त्यसै गरी उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले ११८० मत पाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्