सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न एमाले तयार : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा एमाले सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउँदै सुशासन, स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षाको नेतृत्व गर्ने एमालेलाई कमजोर पार्नका लागि एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको आरोप पनि लगाउनुभयो ।
सोमबार राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताउनुभएको छ ।
महासचिव पोखरेलले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताउँदै भन्नुभयो– “ ,” उहाँले भन्नुभयो ।
बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उहाँले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गर्नुभयो । उहाँले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवा सङ्घ नयाँ युवाको बीचमा गई सङ्गठन विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमतमा ल्याउन अभियान चलाउनुपर्ने भन्दै युवामा रहेको ऊर्जालाई एमालेले मर्न नदिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्