विद्युतीय शवदाह गृह र किरियापुत्री भवन तत्कालका लागि बन्द
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शनिबार पशुपतिस्थित राती विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिएसंगै बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन पनि बन्द भएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक डा घनश्याम खतिवडाले दिएको जानकारी अनुसार कोरोनाबाट मृत्यु भएकी महिलाको शव दाहपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको हो ।
डा. खतिवडाका अनुसार कोरोना संक्रमितको अन्त्येष्टिपछि पूर्ण स्यानिटाइज गरेपछि विद्युतीय शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्नुपर्छ । सोही क्रममा केही प्राविधिक समस्या आएपछि बन्द भएको र इन्जिनियरहरुले यसको मर्मतपछि एक, दुई दिनमै सञ्चालन गरिने छ ।
उता किरियापुत्री भवन भने तत्कालका लागि बन्द गरिएको छ । अहिले किरियामा बसिरहेका मानिसहरुबाहेक नयाँ किरिया पशिुपतिमा नबस्ने गरी बन्द गरिएको उहाँले जानकारी दिनुभयो । किरियापुत्री भवनका सम्पूर्ण कोठाहरु केही समय खाली राखेर भाइरसरहित बनाउनु पर्ने भएका कारण केही दिन नयाँ किरियापुत्रीलाई पशुपतिमा बस्न रोक लगाइएको हो ।
प्रतिक्रिया राख्नुहोस्