जापान

दुर्घटनामा परी जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

जापानको मियागी प्रान्तमा सडक दुर्घटनामा परी दुईजना नेपाली विद्यार्थीको निधन भएको छ । मृत्यु हुनेमा काभ्रेका २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका २७ वर्षीय युवराज थापा रहेका छन् ।

मे १६ सोमबार राति करीब सवा आठ बजे काममा जाने क्रममा ४० जना नेपाली विद्यार्थी सवार बसमा खराबी आएपछि परीक्षण गरिँदा ट्रकले ठक्कर दिएर उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य दुई नेपाली सामान्य घाइते भएका छन् ।

दुर्घटनामा परी बसमा सवार ५० वर्षीया जापानी महिलाको पनि निधन भएको छ भने बसका चालक र ट्रक चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यसबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले क्षेत्रीय समिति तोहोकुसंगकको समन्वयमा मृतकका पविारलाई जानकारी सहित आवश्यक काममा समन्वय गरिरहेको जनाएको छ ।

एनआरएनए जापाानले दुर्घटनामा परी ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.