कला/मनोरन्जनकलिउड
वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओड ५ लाख धरौटीमा रिहा
वैवाहिक बलात्कारको आरोप लागेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड बिहीबार साँझ रिहा भएका छन् ।
कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनले गत साता कञ्चनपुरको कृष्णपुर नगरपालिकाकको इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भएको थियो । रविविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीपछि रविविरुद्ध कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्