जन सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सर्लाही ईश्वरपुर नगरपालिका-१२ घर भएका ४१ वर्षीय अजय कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख रूपैयाँ जरिवाना, ३ दिन कैद र २८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ गैह्रीगाउँबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.