स्थानीयतह निर्वाचन
जुम्लाको चन्दननाथमा कांग्रेसका बागीको विजय
जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका राजु सिंह कठायत निर्वाचित हुनुभएको छ ।
कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका कठायतले नेकपा एकीकृत समाजवदी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गर्नुभएको थियो ।
कठायतले २ हजार ४०३ मत ल्याएर उनी निर्वाचित हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३२२ मत पाउनुभयो ।
उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्काले २ हजार ८०८ मत प्राप्त गरी विजयी हुनुभयो भने कठायतसंग गठबन्धन गरेका समाजवादीका भिमबहादुर थापाले १ हजार ६७६ मत पाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्