स्थानीयतह निर्वाचन

सिके राउतको पार्टीले खोल्यो खाता- हनुमाननगर कङ्कालिनी नगरपालिकामा माझी विजयी

सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचन २०७९ मा खाता खोलेको छ । सो पार्टीले हनुमाननगर कङ्कालिनी नगरपालिकाको पदमा सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गर्नुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले पाँच हजार ७२० मत ल्याउनुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी माझीले चार हजार ३६५ मत ल्याउनुभएको थियो ।

१४ वडामध्ये उपप्रमुखसहित सात वडामा भने जसपाले प्यानलसहित जित हासिल गरेको छ । उपप्रमुखमा सरिता सिपलिया यादव पुनः छ हजार ५१२ मतका साथ निर्वाचित हुनुभएको छ ।

गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बन्नुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गर्नुभएको थियो ।

वडाध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सात वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.