खेलविविध

पदक विजेता मुक्केवाज सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

मुक्केवाज सम्मानित

गत जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैङ्ककमा भएको उक्त प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कास्यपदक जित्नुभएको थियो । पुरुष ८६ केजीमा विजय बाटाले नेपाललाई कास्यपदक दिलाउनुभएको थियो ।

सम्मानस्वरुप सुष्माले रु २० हजार पुरस्कार पाउनुभयो । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा सबैभन्दा ठूलो पदक हो । बाँकी कास्यपदक विजेताले जनही रु १० हजार पुरस्कार पाउनुभयो । झापाकी त्रिशा भने प्राविधिक कारणले कार्यक्रममा उपस्थित हुनुभएन ।

सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठ पनि जनही रु पाँच हजार नगदसहित सम्मानित हुनुभयो भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित हुनुभयो । उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद मीना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गर्नुभयो ।

खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमान्दार प्रयास गर्ने बताउनुभयो । त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिवृद्धि गर्न सङ्घले खेलाडीलाई सम्मान गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.