स्थानीयतह निर्वाचन

काठमाडौंमा ५४ हजार मतगणना, बालेनलाई २१ हजार बढी मत

मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको प्रमुखको मतगणना झनै रोचक बन्दै गएको छ । यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजारभन्दाबढी मत पाउनुभएको छ ।

बिहिबार विहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा बालेन शाहले २१ हजार १११ मतका साथ प्रतिस्पर्धीभन्दा निकै अघि रहनुभएको छ ।

बालेनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

मतगणना सुरु भएदेखि नै अग्रता लिनुभएका बालेनन र एमालेका स्थापितबीच १० हजार बढी मतान्तर देखिन्छ। मतगणना जारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.