स्थानीयतह निर्वाचन
भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी
भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभएको छ । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा राप्रपाकी कार्की नौ हजार २३० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत प्राप्त गर्नुभएको छ । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीबीच चुनावी गठबन्धन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्