कर्णालीको राजधानी वीरेन्द्रगरमा एमालेको झण्डा
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले कांग्रेसको गढ भत्काउँदै नगर प्रमुख र उपप्रमुख दुवैमा विजय पाएको छ ।
वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउँदै नगर प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा निलकण्ठ खनाल विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा ढकालले १६ हजार ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर पराजित हुनुभयो ।
उप्रमुख ढकाल अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । यसपटक उहाँलाई एमालेले प्रमुखको उम्मेदवार बनाएको थियो ।
त्यस्तै उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित हुनुभयो ।
यसपटक गठबन्धनलाई हराउँदै एमालेले नगरको १६ वडामध्ये ११ वटा वडासहित प्रमुख र उपप्रमुखमा जितेको छ । काँग्रेसले पाँच वटा वडा जितेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं २ मा एमालेबाट गजबहादुर बुढा, वडा ३ मा विनोदसिंह विष्ट, वडा नं ४ मा शेरबहादुर के सी, वडा नं ५ मा लोकवहादुर शाही विजयी हुनुभएको छ ।
यस्तै, एमालेबाट वडा नं ८ मा टीकाराम शर्मा, वडा नं ९ मा ऋषि गिरी, वडा नं १० मा डिलबहादुर रखाल, वडा नं ११ मा खिमलाल देवकोटा, वडा नं १२ मा चुडामणि चपाई, वडा नं १४ मा देवबहादुर रोकाय र वडा नं १६ मा डण्डबहादुर विश्वकर्मा विजयी हुनुभएको छ ।
सोहीअनुसार वडा नं १ मा काँग्रेसका दिनेश खत्री, वडा नं ६ मा जनकबहादुर रावल, वडा नं ७ मा ध्रुव कुमार चपाई, वडा नं १३ मा दीपेन्द्रराज कोइराला र वडा नं १५ मा कृष्णबहादुर थापा विजयी हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्