जन सरोकार

बूढानीलकण्ठमा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला

बूढानीलकण्ठ नगरपालिकाले वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेलाको तयारी पूरा गरेको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका युवालाई मध्यनजर गर्दै नगरपालिकाले रोजगार मेला आयोजनाको तयारी गरेको हो ।

नगरपालिकाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान सीप र क्षमता भएका युवालाई लक्षित गरी १० हजार युवाले रोजगार मेलामा सहभागी जनाउने अनुमान गरिएको नगर प्रवक्ता नवराज भट्टराईले दिनुभयो । मेलामा उद्योग व्यवसायबाट १६, शैक्षिक सङ्घसंस्थाबाट पाँच, प्राविधिक शिक्षलयबाट १०, सामाजिक विकास मन्त्रालय दीगो विकास तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रोबाट एक र नगरभित्रका विभिन्न व्यवसाय चार गरी कूल ४४ स्टलहरु मेलामा राखिने छन् ।

नगरप्रमुख मिठाराम अधिकारीले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्न सहज होस् भनेर नगरले यस्तो योजनाअघि सारेको जनाउनुभयो । उहाँले शिक्षा, सीप, श्रमसँग व्यवसायीलाई प्रत्यक्ष जोड्न सहज पुग्ने बताउनुभयो । आफ्नो मार्ग पहिचान गर्न, दीगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यवसाय अनुसारको जनशक्ति खोजी गर्नका लागि मेला आवश्यक रहेको नगर प्रमुख अधिकारीको भनाइ छ ।

नगर उपप्रमुख अनिता लामाले नागरिकका लागि रोजगारी दिने उद्देश्य, आर्थिक रुपमा सबल र सक्षम बनाउन र मानिसमा काम गर्ने क्षमता बढाउन वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला गर्न लागिएको जानकारी दिनुभयो । मेला जेठ ६ र ७ गते नगरपालिका परिसरमा बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.