पोखरा । तीन दिन अघि मात्रै कोरोना संक्रमणबाट छुट्कारा पाएका गण्डकी प्रदेश सभा सदस्य राजीव पाहारी कोरोना संक्रमितको हेरचाह र सेवामा जोड्तोडकासाथ लागि पर्नुभएको छ । बुधबार मात्रै संक्रमितहरुका लागि एम्बुलेन्सको ब्यबस्थापनमा जुट्नुभएका पहारी बिहिबार उनीहरुको लागि खाना ब्यबस्थापनमा जुटेको उहाँको सचिवालयले जनाएको छ ।
पहारी पोखरा महानगरपालिका वडा न ३ मा अवस्थित गण्डकी प्रदेश सरकारले संचालन गरेको सक्रमित तथा सरुवा रोग अस्पतालमा पुगेर बिरामीहरुलाई भोजन व्ययवस्था गर्नुभएको हो । उक्त अस्पतालमा उपचारत सम्पूर्ण बिरामीहरुलाई ५ दिनको लागि खाना, खाजाको ब्यबस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
सो अभियानमा चार दिनको खाना खाजाको व्यवस्था नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले र जर्जियाका लागि नेपालका पर्यटकिय सद्भभाब दूत दीपक पहारी र उनको परिबारले एकदिनको लागि ब्यबस्था गर्ने जनाइएको छ ।
अहिलेको माहामारीमा बिरामीहरुलार्इ उपचार, सकारात्मक उत्प्रेरणा र पौष्टिक खाना महत्वपूर्ण रहने हुँदा आफू बिरामीको हेरचाह र खानाको बन्दोबस्तमा जुटेको सांसद पहारीले प्रतिक्रिया दिनुभयो ।
उहाँले अहिलेको मुख्य काम जनताको जिउ र स्वास्थ्यको रक्षा भएको भन्दै आर्थिक बर्ष २०७७(७८ को खर्च हुने नसकी बाँकी रहेको बिकास बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो ज्यान रहे बिकास गर्दै गरौंला, पहिले जनता जोगाऔं ।
प्रतिक्रिया राख्नुहोस्